जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाका १८–३५ वर्ष उमेर समूहका ४५ युवाले इलेक्ट्रिसियन र एसी प्राविधिक तथा रेफ्रिजरेटर मर्मतसम्बन्धी ६५ दिने तालिम पाएका छन्। तालिमपश्चात् मंगलबार रतौली युवा क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरी र समाज कल्याण परिषद्का पदाधिकारीले प्रमाणपत्रसँगै काम गर्न आवश्यक टुल्स प्रदान गरेका छन्।
रतौली युवा क्लबको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भएको तालिममा सिप नहुँदा बेरोजगार रहेका युवाहरूलाई विद्युत्, एसी प्राविधिक र रेफ्रिजरेटर तालिम दिई सिप प्रदान गरी आर्थिक रूपमा सबल बनाउन प्रयास गरेको युवा क्लबका कार्यकारी निर्देशक चौधरीले बताए।
उनले युवा क्लबले समुदायमा रहेका गरिब तथा विपन्न युवा स्वरोजगार भई आयआर्जन गर्न सकुन् भनेर तालिम प्रदान गरको बताए।