कांग्रेस कार्यसम्पादन समिति बैठकको समय परिवर्तन

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन गरेको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा मंगलबार बिहान जारी सूचनाअनुसार बैठक अब दिउँसो १ बजे बस्नेछ।

यसअघि उक्त बैठक बिहान ११ बजेका लागि तोकिएको थियो। बैठकमा आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन र सम्भावित चुनावी सहकार्यबारे छलफल हुने जनाइएको छ।

सोमबार सम्पन्न बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनमा अपनाइने चुनावी रणनीति र तालमेलका विषयमा केन्द्रीय सदस्यहरूलाई जानकारी गराएका थिए।

राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी सहकार्यको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

सुझावित समाचार