सिटिजन्स सन्तुलित योजनामा अपेक्षाभन्दा बढी आवेदन, मागभन्दा २५ प्रतिशत बढी लगानी संकलन

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कोष प्रवर्द्धनमा सञ्चालन हुने सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको चौथो बन्दमुखी योजना “सिटिजन्स सन्तुलित योजना” ले लगानीकर्ताबाट उल्लेखनीय प्रतिक्रिया प्राप्त गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी मिति २०८२ पौष ४ गतेदेखि पौष १८ गतेसम्म सार्वजनिक निष्कासन तथा बिक्रीमा ल्याइएको  १ अर्ब आकारको उक्त योजनामा प्रारम्भिक विवरण अनुसार रु. १ अर्ब २५ करोडभन्दा बढी आवेदन प्राप्त भएको छ। यो रकम योजनाले माग गरेको पूँजीभन्दा करिब २५ प्रतिशत बढी हो।

यससँगै सिटिजन्स सन्तुलित योजना सिटिजन्स क्यापिटल लिमिटेडद्वारा सञ्चालन गरिएका म्युचुअल फण्डहरूमध्ये अधिक आवेदन प्राप्त गर्ने सफल योजनाको सूचीमा पर्न सफल भएको छ। योजनाप्रति सर्वसाधारण तथा संस्थागत लगानीकर्ताको उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटललाई नेपालको पूँजी बजारमा एक दक्ष, व्यावसायिक र विश्वासिलो संस्थाका रूपमा स्थापित गराएको कम्पनीको भनाइ छ।

सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी हो। कम्पनीमा कर्मचारी सञ्चय कोषका साथै प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। हाल कम्पनीको अध्यक्षका रूपमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतका रूपमा सबिर बादे श्रेष्ठ कार्यरत छन् ।

कम्पनीले योजना व्यवस्थापन तथा डिपोजिटरी सेवा, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रार सेवा तथा संस्थागत परामर्श सेवा लगायतका विविध वित्तीय सेवाहरू प्रदान गर्दै आएको छ।

सिटिजन्स क्यापिटल लिमिटेडले आगामी दिनहरूमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवामार्फत लगानीकर्तालाई विश्वसनीय र प्रतिस्पर्धी प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। साथै, निकट भविष्यमै विभिन्न प्रकृतिका नयाँ सामूहिक लगानी कोषका योजनाहरू सञ्चालन गर्ने तयारीसमेत अघि बढाइएको कम्पनीले जनाएको छ।

सुझावित समाचार