नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सिइओ क्लब सदस्य सम्मान कार्यक्रम गरेको छ । कम्पनीले आर्थिक वर्ष ०८१/८२ मा तोकिएको बिमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका पाँच सयजनाभन्दा बढी अभिकर्तालाई सम्मान गरेको हो ।
कम्पनीले विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं बागमती प्रदेशअन्तर्गतका शाखा कार्यालयका शाखा प्रमुखको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले सदस्यलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरे । त्यस्तै, नेसनल रत्न र नेसनल स्टार विजेता अभिकर्तालाई पनि कम्पनीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो ।
बागमती प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको कम्पनीले जनाएको छ ।