सुजल डेरी प्राइभेट लिमिटेडले नेपालमा पहिलोपटक ‘डिलाइट डेरी प्राइड : इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर’ बजारमा ल्याएको छ । प्रिमियम गुणस्तरको यो मिल्क पाउडर आवश्यक पोषक तत्वले भरिपूर्ण रहेको बताइएको छ । यसमा चिनी मिश्रण नगरिएकाले हरेक दिनको पोषणका लागि भरपर्दो र भरोसायोग्य विकल्प रहेको कम्पनीको दाबी छ ।
डिलाइट डेरी प्राइडले दुधको प्राकृतिक गुण जोगाउँदै क्याल्सियम, प्रोटिन, भिटामिन ए, भिटामिन डीजस्ता आवश्यक पोषक तत्व प्रदान गर्छ । ताजा दुधबाट बनाइने यो मिल्क पाउडर एक केजीको २१ सय रुपैयाँमा उपलब्ध हुनेछ । यसबाट पोषणयुक्त, छिटो र भरपर्दो दुध विकल्पको बढ्दो आवश्यकता प्रभावकारी रूपमा पूरा गर्ने कम्पनीको विश्वास छ ।