हाम्रो पार्टी नेपाल दर्ता गरेर राजनीतिमा अघि बढेका दलित अभियन्ता खगेन्द्र सुनार पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिएका छन्। उनी आइतबार रास्वपाको केन्द्रीय सदस्य बनेका छन्।
बालेनको तर्फबाट २६ जना केन्द्रीय सदस्य रास्वपामा थपिँदा खगेन्द्र पनि परेका हुन्। थपिएका सदस्यले आइतबार नै रास्वपाको केन्द्रीय कार्यालयमा शपथ लिएका छन्। पार्टीसहित नै उनी रास्वपामा मिसिएका हुन्।
बालेन पक्षबाट को–को थपिए रास्वपामा ?
बालेन शाह
सुनील लम्साल
भूपदेव शाह
सस्मित पोखरेल
सागर ढकाल
लक्ष्मण थारू
रमेश पौडेल
खगेन्द्र सुनार
गणेश पौडेल
सन्तोष गिरी
डा. नमिता यादव
सरिता ज्ञवाली
सुशान्त वैद्य
लक्ष्मी बर्देवा
शिव यादव
रोहन कार्की
अनन्तराज घिमिरे
रामकुमार ढुंगाना
प्रदीप ज्ञवाली
जेम्स कार्की
मधुसुदन ढकाल
ओजस्वी थापा
केपी खनाल
आदित्य आचार्य
प्रदीप पाण्डे
खेमराज साउद