रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बाँडफाँट

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सेयर सार्वजनिक निष्कासन बाँडफाँट गरिएको छ । कम्पनीले ७ देखि ११ पुससम्म बिक्री खुलाएको आइपिओ शुक्रबार बाँडफाँट गरिएको हो । 

कम्पनीले सर्वसाधारणका लागि कुल नौ लाख २४ हजार सात सय ६८ कित्ता सेयर निष्कासन गरेको थियो । यसका लागि पाँच लाख ३२ हजार आठ सय ८८ आवेदकबाट दुई करोड ७३ लाख १५ हजार एक सय कित्ताका लागि आवेदन परेको थियो । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार उक्त सेयर १८ हजार चार सय ९५ जनाले ५० कित्ताका दरले पाएका छन् । बुक बिल्डिङ विधिबाट बिक्रीमा ल्याइएको यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ र न्यूनतम आवेदन ५० कित्ता तोकिएको थियो । 

See More On

सुझावित समाचार