प्रतिनिधिसभा निर्वाचन : इलाम–२ बाट सुहाङ नेम्वाङ सिफारिस

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङको उम्मेदवारी सिफारिस गरिएको छ।

नेकपा (एमाले) इलाम जिल्ला कमिटीको शनिबार सम्पन्न बैठकले केन्द्रीय सदस्यसमेत रहेका नेम्वाङलाई सर्वसम्मत रूपमा एकल उम्मेदवारका रूपमा अघि बढाउने निर्णय गरेको हो।

पार्टीका अनुसार नेम्वाङको उम्मेदवारीलाई लिएर जिल्ला तहमा पूर्ण सहमति रहेको छ। निर्वाचन मिति नजिकिँदै जाँदा एमालेसहित अन्य राजनीतिक दलहरूले पनि विभिन्न क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने क्रमलाई तीव्रता दिएका छन्।

सुझावित समाचार