भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मेटलाइफ नेपालले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ । देशको भौतिक संरचनाहरूको पुनर्निर्माणमा योगदान दिई जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले जनाएको छ ।