दाङको तुलसीपुर– ६, गोलौराको एक घरबाट लुकाएर राखेको अवस्थामा ६० लाखभन्दा बढी रकम बरामद गरिएको छ । उक्त रकम अहिले मेसिनबाट गन्ने कार्य भइरहेको वडाध्यक्ष दुजमान भण्डारीले बताए ।
लक्ष्मी टोलस्थित दुर्गा केसीको घरबाट उक्त रकम बरामद गरिएको हो । उनको घरमा काठमाडौंबाट आएका आफन्तीले उक्त रकम ल्याएर राखेको बुझिएको छ । प्रहरीले मंगलबार बिहान १० बजेतिर केसीलाई पक्राउ गरेर अनुसन्धान थालिरहेको छ । उक्त रकम चोरी गरेर ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।