गृहसचिवसहित सात सचिवको सरुवा

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण

सरकारले गृहसचिवसहित सात जना सचिवहरूको सरुवा तथा नियुक्ति गरेको छ। शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार हालका गृहसचिव रामेश्वर दंगाललाई लोकसेवा आयोगमा पठाइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई नयाँ गृहसचिवको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, लोकसेवा आयोगमा कार्यरत सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्ले नियुक्त भएका छन्।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्साललाई राष्ट्रपति कार्यालयमा जिम्मेवारी दिइएको छ। उनको ठाउँमा उपराष्ट्रपति कार्यालयमा कार्यरत लोकनाथ पौडेललाई युवा तथा खेलकुद सचिवका रूपमा नियुक्त गरिएको छ।

See More On

सुझावित समाचार