नेपालमा नै हरेक सम्भावना छ – चन्द्र ढकाल

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा नै धेरै सम्भावना  रहेको बताएका छन्। उनले विभिन्न सामाजिक सञ्जालमा देशमा केही सम्भावना  छैन भन्दै नेगेटिभ भास्य निर्माण भएको प्रति चिन्ता गर्दै यहाँ गर्न चाहनेलाई सम्भावना  नै सम्भावना रहेका बताएका छन्।

 उनले सामाजिक सञ्जालमा निर्माण गरिएको भास्य पुर्ण रुपमा गलत रहेको बताएका छन्। आठौं बागलुङ महोत्सवको उद्घाटन गर्न गृह जिल्ला बागलुङ आएका ढकालल यहाँ रहेको हरेक सम्भावनाको खोजी गरी वर्तमान परिपेक्षमा आएको नेगेटिभ भास्यलाई चिर्नका निम्ती आन्तरिक पूजी प्रयोग गरेर यही लगानी गर्न सकिने बताए । 

ढकालले देशमा नै  कुनै व्ययसायी गर्न खोज्ने व्यवसायीलाई महासंघले पूँजीको व्यवस्थाका लागि सहजीकरण गर्ने बताए। कोराला नाका र सुनौली नाकाको बिचमा रहेको बागलुङलाई गेटवयको रुपमा विकास गर्न सकिने बताए। ‘बागलुङलाई कोरला र सुनौली नाकाको गेटवे बनाउनुुपर्दछ’ ढकालले भने,‘कोरला नाका संचालन गरेर कालीगण्डकी करिडोरमार्फत चीन र भारतमा व्यवसाय बढाउनुपर्ने यसमा निजी क्षेत्रको सधै साथ रहनेछ । सरकारले केही सहजीकरणको बाटो पनि खुलाएको छ झै प्रभावकारी रुपमा दुई देशलाई जोड्ने मार्गको रुपमा यस क्षेत्रलाई विकास गर्नेछौं ।’

उनले बागलुङले कृषि, घरेलु र अन्य व्यवसायिक उत्पादन गर्ने र पर्यटन प्रवर्द्धनमार्फत चीन र भारतका पर्यटक भित्र्याउन सक्ने बताए। त्यसकालागि करिडोर बनिसकेकोले कोरला नाका नियमित संचालनमा पहल गर्नुपर्ने बताए। कालीगण्डकी नदीसहित आसपासका पर्यटकीय क्षेत्रमा पर्यटक भित्राउने, नगदेबाली र कृषि फसलको व्यवसायिक उत्पादन गर्ने कामले आत्मनिर्भर बन्न सकिने बताए । 

सुझावित समाचार