नेकपा कञ्चनपुरले सुरु गर्‍यो आगामी निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरले उम्मेदवार छनौट प्रक्रिया सुरु गरेको छ । 

नेकपा कञ्चनपुरका नेता खेम पाण्डेयले क्षेत्रबाट जिल्ला बैठकमा आएका नामावलीमाथि बैठकमा छलफल भइरहेको बताएका छन् । ‘हामीले बिहीबार क्षेत्रबाट आएका आकांक्षी उम्मेदवारबारे छलफल गरेका छौैँ,’ उनले भने, ‘पार्टीले सीमा तोकेभन्दा बढी आकांक्षी देखिएका छन् ।’ जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट ५ देखि १४ सम्म नाम आएकाले एक दुई दिनभित्रै थप छलफल गरेर सम्बन्धित आकांक्षी उम्मेदवार पार्टीसँग छलफल गरेर माथिल्लो पाटी कमिटिमा सिफारिस गर्ने बताए । 

नेकपाबाट कञ्चनपुरमा कोही पनि नेता सर्वसम्मत सिफारिस भएका छैनन । ‘हाम्रो जिल्लाबाट समानुपातिकतर्फ आठ उम्मेदवारको नाम सिफारिस गर्ने सीमा रहेको छ,’ उनले भने, ‘प्रत्यक्ष र समानुपातिक एकैसाथ टुङगो लगाउँछौँ ।’
 

सुझावित समाचार