बालेन र बाबुरामबिच के कुरा भयो ?

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

राजनीतिक भेटघाटलाई तीव्रता दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबिच छलफल भएको छ।

बालेनका सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित निवास पुगेर डा. भट्टराईले छलफल गरेका हुन्। भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले परामर्शका लागि बालेनले बोलाएपछि आएको बताए।

‘म नयाँ र वैकल्पिक शक्ति सबै एक भएर जानुपर्छ भन्ने पक्षको मान्छे हुँ। यही विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको हुनाले म आएँ,’ भट्टराईले भने।

भेटमा आफूले सबै नयाँ र वैकल्पिक शक्तिहरू मिलेर अघि बढ्न बालेनलाई सुझाव दिएको डा. भट्टराईले बताए। ‘मेरो सुझाव यही थियो– तपाईंहरू नयाँ र वैकल्पिक जति पनि छन्, एक भएर अगाडि बढ्नुस्, यसमा मेरो सद्भाव समर्थन रहन्छ,’ भट्टराईले भने।

वैकल्पिक शक्ति निर्माणमा लागेका बालेन केही दिनयता राजनीतिक भेटघाटमा व्यस्त छन्। उनले यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग संवाद गरेका थिए।

सुझावित समाचार