दुई विधामा गरिमा विकास बैंक सम्मानित

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

गरिमा विकास बैंक डिजिटल बैंकिङ कारोबारसम्बन्धी दुई विधामा सम्मानित भएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औँ वार्षिकोत्सवको अवसरमा बैंक ‘उत्कृष्ट डिजिटल ट्रान्जेक्सन’ र ‘उत्कृष्ट नेपालपे क्युआर ट्रान्जेक्सन’ विधामा सम्मानित भएको हो । आर्थिक वर्ष ०८१/८२ मा विकास बैंकमध्ये सबैभन्दा बढी डिजिटल तथा क्युआर कारोबार गरेबापत बैंकलाई सो अवार्ड प्रदान गरिएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले उक्त अवार्ड ग्रहण गरेका हुन् । नवीनतम डिजिटल बैकिङ सेवालाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरूले डिजिटल कारोबार विस्तारमा थप ऊर्जा प्रदान गरेको बैंकले जनाएको छ । साथै, यसै वर्ष भदौमा इमर्जिङ एसिया बैकिङ कन्क्लेभ एन्ड अवार्ड, भारतबाट बेस्ट बैंकसहित तीनवटा अवार्डबाट सम्मानित भएको थियो ।

सुझावित समाचार