चिसो बढेपछि बुटवलका विद्यालय १४ गतेसम्म बिदा

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा १४ पुससम्म जाडो बिदा दिएको छ।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुधबार जारी गरेको सूचनामा केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै  बिदा दिएको उल्लेख छ।

वार्षिक बिदाबाट कट्टी हुने गरी यही पुस ११, १३ र १४ गरी तीन दिन विद्यालय बन्द गरिएको उनले बताए।

सम्पादकको रोजाइ

सुझावित समाचार