सिन्धु विकास बैंकको वित्तीय अवस्थामा सुधार

सोमबार, ७ पुष, २०८२
डिजिटल संस्करण

सिन्धु विकास बैंकले आफ्नो वित्तीय अवस्थामा उल्लेखनीय सुधार भएको जनाएको छ । विगतमा पुँजीकोष अनुपात ६ प्रतिशतहाराहारीमा रहेका कारण नेपाल राष्ट्र बैंकले ‘शीघ्र सुधारात्मक कारबाही’ गरेको थियो । हाल पुँजीकोष अनुपात १३.०७ रहेको बैंकले जनाएको छ ।

यो सुधार गत वर्ष बैंकको कार्यकारी प्रमुखमा अनुभवी बैंकर सुरेश देवकोटा नियुक्त भएपश्चात् भएको बैंकको दाबी छ । बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष ०८०/८१ को तुलनामा आव ०८१/८२ को वित्तीय सूचकमा प्रगति भएको देखिएको छ । 

सुझावित समाचार