इस्लिङ्टन कलेजले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीको दीक्षान्त कार्यक्रम गरेको छ । कार्यक्रममा कम्प्युटिङ, बिएस्सी (अनर्स) कम्प्युटर नेटवर्किङ एन्ड आइटी सेक्युरिटी, बिएस्सी (अनर्स) मल्टिमिडिया टेक्नोलोजीका विद्यार्थी दीक्षित भएका थिए ।
त्यसैगरी, बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेसन, बिए (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट, बिए (अनर्स) डिजिटल बिजिनेस म्यानेजमेन्ट, बिए (अनर्स) एड्भर्टाइजिङ एन्ड मार्केटिङ तथा बिए (अनर्स) इभेन्ट्स एन्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थी सहभागी थिए । स्नातकोत्तर तहअन्तर्गत एमएससी आइटी, एमबिए तथा एप्लाइड सेक्युरिटीका विद्यार्थी दीक्षित भएका हुन् ।
साथै, इस्लिङ्टन कलेजले उत्कृष्ट दुई विद्यार्थीलाई इनोभेट नेपाल ग्रुप (आइएनजी) पोस्टग्र्याजुएट छात्रवृत्ति तथा इन्टरनेसनल स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरेको छ । उक्त छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईले पाएका छन् । डेढ करोड रुपैयाँभन्दा बढीको यस छात्रवृत्तिले ट्युसन शुल्क, आवास खर्च तथा दुईतर्फी हवाई भाडासमेत समेट्ने कलेजले जनाएको छ ।
त्यस्तै, आइएनजी पोस्टग्र्याजुएट छात्रवृत्ति अंश घिमिरे र आयेशा नकर्मीलाई प्रदान गरिएको छ । यी विद्यार्थीले आइएनजीअन्तर्गतका कलेजमा स्नातकोत्तर अध्ययन गर्नेछन् भने समूहअन्तर्गतकै संस्थामा कार्य गर्ने अवसरसमेत प्राप्त गर्नेछन् । समारोहमा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।