राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भीमदत्त नगरको सभापतिमा दिनेशप्रसाद भट्ट निर्वाचित भएका छन्। पार्टीको प्रथम नगर अधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनमा तीन प्रतिस्पर्धीलाई हराउँदै भट्ट सभापतिमा निर्वाचित भएका हुन्।
सचिवमा यज्ञराज भट्ट निर्वाचित भएका छन्। यसअघि शनिबार अधिवेशनबाट अन्य पदाधिकारी एवं सदस्य सर्वसम्मत चयन भएका थिए। नगर उपसभापति सुमन कुँवर र सहसचिव मोहनसिंह साउद चयन हुँदा सदस्यहरूमा नरबहादुर कार्की, हरकसिंह कार्की, केशव साउद, पुनम चौधरी, हेमराज भट्ट, प्रकाश बोहरा सर्वसम्मत भए।
भीमदत्त नगरमा रास्वपाको नेतृत्व चयनका लागि पहिलोपटक चुनावी प्रक्रिया अवलम्बन गरिएको हो।