बाँचुन्जेल कार्यकारी पदमा बस्दा लोकतन्त्र कमजोर हुन्छ : युवराज ज्ञवाली

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण
बाँचुन्जेल कार्यकारी पदमा बस्दा लोकतन्त्र कमजोर हुन्छ : युवराज ज्ञवाली

फाइल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बाँचुन्जेल कार्यकारी पदमा बसिरहने प्रवृत्तिले लोकतन्त्र कमजोर हुने बताएका छन्।

पार्टीको महाधिवेशनस्थलमा पत्रकारले ‘केपी ओली बाँचुन्जेल अरूले अवसर नपाउने हो ? भनी गरेको प्रश्नमा ज्ञवालीले भने, ‘त्यो उहाँले जान्ने कुरा हो। तर, यस्तो गर्नुहुन्न। बाँचुन्जेल कार्यकारी पदमा बस्नुहुन्न, लोकतन्त्र कमजोर हुन्छ।’

कुनै पनि पदमा नउठ्ने घोषणा गरेका ज्ञवालीले नेताहरूलाई सधैँ कार्यकारी पदमा बस्नुपर्छ भन्ने मान्यताबाट पछि हट्न आग्रह गरे। अब नयाँ पुस्तालाई अघि सार्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘यो मैले अध्यक्ष ओलीलाई मात्र होइन, नेपालका सबै राजनीतिक पार्टीहरूलाई, नेताहरूलाई भनेको हो। अब नयाँ जेनेरेसनलाई ल्याउनुपर्छ, अबको युग नयाँको युग हो ।’
 

सुझावित समाचार