एपिएफको दोस्रो जित

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

एपिएफ फुटबल क्लबले साफ महिला च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ। आइतबार दशरथ रंगशालामा भएको खेलमा एपिएफले पाकिस्तानको  कराँची एफसीलाई १–० ले हरायो।

एपिएफका लागि रश्मि घिसिङले विजयी गोल गरिन्। ५२औँ मिनेटमा रश्मिको हेडर गोलबाट एपिएफले अग्रता लिएको हो। रेनुका नगरकोटेले लेफ्ट साइटबाट दिएको क्रसलाई सदुपयोग गर्दै उनले गोल गरिन्।

सुझावित समाचार