चैनपुरमा घरमा आगलागी हुँदा एकजनाकाे मृत्यु, एक कराेड ३६ लाखकाे क्षति

आइतबार, २८ मंसिर, २०८२
डिजिटल संस्करण

संखुवासभाको चैनपुरमा घरमा आगलागी हुँदा एकजनाकाे जलेर मृत्यु भएकाे छ भने एक कराेड ३६ लाखबराबरकाे क्षति भएकाे छ ।

आज आइतबार बिहान करिब साढे १० बजे चैनपुर नगरपालिका- ४, मैदाने श्यामचाेक बस्ने स्थानीय श्याम लिम्बूको बुबा ८८ वर्षीय दिलबहादुर लिम्बूकाे आगाेमा जलेर घटनास्थलमा नै मृत्यु भएको र श्याम लिम्बूकी श्रीमती वर्ष ४५ वर्यीया माया लिम्बूको बायाँ पाखुरामा सामान्य पिल्सिएको, अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

उनका अनुसार, लिम्बूकाे ढुंगा सिमेन्टले बनेको पक्की घरको ढलानमाथि जस्ताको छानो र जस्ताको बेरा बनेको घरमा ग्यास लिक भई अचानक आगलागी भएको हाे ।

उक्त आगलागीबाट ढलानमाथि रहेको जस्ताको छानो र जस्ताको बेरा भएको घर, घरभित्र रहेको १५० मन अलैँची, १४ तोला सुन, १० लाख नगद, किराना पसलको सामान, अन्नपात, भाँडावर्तन र लत्ताकपडासमेत पूर्ण रूपमा जलेर नष्ट हुँदा दुई करोड ३६ लाखबराबरको क्षति भएको,  चौपाया क्षति नभएको प्रहरीले जनाएकाे छ ।

घटनाकाे थप अनुसधान तथा कानुनी प्रक्रिया भइरहेकाे प्रहरीले जनाएकाे छ ।

See More On

सुझावित समाचार