सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८१/८२ को बिमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ । नेपाल बिमा प्रधिकरणले स्वीकृत गरेको बिमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा कम्पनीले सावधिक जीवन बिमा योजनाहरूमा न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको हो ।
साथै, सावधिक तथा आजीवन जीवन बिमा योजनाहरूमा न्यूनतम ४० देखि ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बिमा योजनाहरूमा न्यूनतम ४२ देखि ६० रुपैयाँ, वार्षिक अग्रिम भुक्तानीमा न्यूनतम ३८ देखि ४७ रुपैयाँ र चौरासी पूजा जीवन बिमा योजनाहरूमा न्यूनतम ४५ देखि ९० रुपैयाँसम्म बोनस दिने भएको छ ।
कम्पनीले जीवन बिमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एक मात्र पहिलो कम्पनी बन्दै आइएसओ ९००१–२०१५ द्वारा विभूषित भएको एक मात्र जीवन बिमा कम्पनी बन्न सफल पनि भएको छ ।