एनसेलले सुरु गर्‍यो ९७१ रेन्जको नम्बर वितरण

बुधबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

एनसेलले नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्न सुरु गरेको छ ।  यसअघि ९८०, ९८१, ९८२, ९७० रेन्जका नम्बर जारी भए पनि ती नम्बर पर्याप्त नभएपछि कम्पनीले सेवाग्राहीका लागि नयाँ नम्बर रेन्च सुरु गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई रेन्जको नम्बर वितरण गर्न अनुमति दिएको थियो । नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेसनल नम्बरिङ अलोकेसन प्लान)को नियमअनुरूप जारी भएको बताइएको छ । 

‘साधारण सञ्चार सेवाबाहेक डिजिटल कारोबार र विभिन्न सेवा मोबाइलमार्फत नै लिने क्रम बढिरहेको नयाँ नम्बरले उपझोक्ताका साथै सेवाप्रदायकलाई समेत लाभ प्रदान गर्नेछ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ दत्तले भने । नयाँ नम्बर वितरणसँगै एनसेलले सरकारी तथा गैरसरकारी संस्था, सेवाप्रदायक कम्पनी, कार्यालय, बैंक तथा वित्तीय संस्थालाई नम्बर इन्ट्रिगेट गर्न बाँकी रहेको भए चाँडै गर्ने अनुरोध पनि गरेको छ । 

See More On

सुझावित समाचार