८ अर्ब ३६ करोड बिगो रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धि भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग भएको छ । विशेष अदालतले मंगलबार धरौटी माग गरेको हो।
त्यस्तै, प्राधिकरणका निर्देशक मुरारी भण्डारीसँग एक लाख धरौटी माग भएको थियो।
नलिञ्चोक हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा उनीहरू गत बुधबार पक्राउ परेका थिए। जुन मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि कारागार चलानको आदेशअनुसार डिल्लीबजार कारागारमा छन्। भण्डारीसँग भने सो मुद्दामा पाँच लाख रुपैयाँ धरौटी माग भएको थियो। पोखरा विमानस्थलको मुद्दामा धरौटी माग भए पनि नलिञ्चोक हेलिपोर्ट मुद्दाको आदेशअनुसार अधिकारी थुनामै रहनेछन्।


