झोलुङे पुलबाट खसेर वृद्धाको मृत्यु

सोमबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

धनकुटाको साँगुरीगढी गाउँपालिका– ४ स्थित लेउतीखोलामा लगाएको झोलुङे पुलबाट खसेर एक वृद्धाको मृत्यु भएको छ ।

साँगुरीगढी गाउँपालिका– ६ की करिब ७८ वर्षीया विषमाया लिम्बूको झोलुङे पुलबाट खोला तर्ने क्रममा पुलबाट खसेर मृत्यु भएको हो ।

आइतबार साँझ झोलुङे पुल तर्ने क्रममा माथिबाट खसेर वृद्धाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताए ।

उक्त घटनापश्चात् प्रहरीले घटनाको जानकारी पाएलगत्तै घटनास्थलबाट मृत्तक लिम्बूको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सुझावित समाचार