एनआइसी एसिया बैंकका ग्राहकले दृष्टि आई केयर सिस्टममा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिलाउन दुवै पक्षबिच सम्झौता भएको छ । सम्झौतापश्चात् यस बैंकका ग्राहकले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवा उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस्तो छुट आँखा, नाक, कान तथा घाँटीसम्बन्धी उपचार हुने बताइएको छ । इएनटी एन्ड जनरल सेवाअन्तर्गत ओपिडीमा २० प्रतिशत तथा इन्भेस्टिगेसनमा १० प्रतिशत छुट हुने बैंकले जनाएको छ । साथै, आँखा उपचार गर्दा ओपिडी जनरलमा २० प्रतिशत, अपरेसन चार्ज, सर्जरी प्याकेजमा पाँच प्रतिशत, ल्याबोरेटरीमा १० प्रतिशत र अप्टिकल प्रडक्ट्समा ७.५ प्रतिशत छुट उपलब्ध हुने बताइएको छ ।
छुट सुविधाको प्रयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल एप मोबाइल बैंकमार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्यउपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।