कारमा लुकाएर भारततर्फ तस्करी गर्न लागिएको कारसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले मंगलबार पटेर्वा सुगौली गाउँपालिका- २, रंगपुरबाट बिएबी ९३८ नम्बरको कारबाट एक सय चार किलो गाँजा बरामद भएको हो। गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका- ८ का भीम स्याङतान र मकवानपुरगढी गाउँपालिका- १ का कुमार स्याङतानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी राजु कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गाँजाका १० वटा पोका प्लास्टिकले बेरेर उनीहरूले तस्करी प्रयास गरेका थिए।
त्यस्तै, १० केजी चरेससहित पर्साको धोबिनी गाउँपालिका–५ का सम्सुल मियाँलाई पनि पर्सा प्रहरीले पक्राउ गरेको छ।