पोखरी संरक्षणको माग गर्दै जलेश्वरका मेयरलाई ज्ञापनपत्र

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

महोत्तरी सदरमुकाम जलेश्वर– ९, फुल्हट्टास्थित पुरातात्विक महत्वका पुरनी पोखरी र पन्जेरा पोखरीको संरक्षण गर्न माग गर्दै स्थानीयहरुले नगरप्रमुख सुरेश साह सोनारलाई ज्ञापनपत्र बुझाएका छन।

पन्जेरा पोखरीको डिलमा पुराना समयका भाँडाकुँडा भेटिने गरेको तथा पुरानो समयको भवनको अवशेषसमेत रहेकाले पुरातत्वविदहरूबाट अध्ययन गराउनुपर्ने स्थानीयको माग छ। हाल विभिन्न व्यक्तिहरूले पोखरीको डिल कब्जा गरी अतिक्रमण गरिरहेकाले पोखरीलाई अतिक्रमणमुक्त गरी संरक्षण गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन्।

वर्षौँदेखि नगरपालिकाले पोखरी माछा व्यवसायीलाई ठेक्का लगाई लाखौँ रुपैयाँको राजस्व उठाइरहे पनि पोखरीको संरक्षणमा भने ध्यान नदिएको भन्दै स्थानीयले तत्काल ठेक्कासमेत रद्द गर्न माग गरेका छन्।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख सोनारले पुरातात्विक महत्वको पोखरीबारे जनचासो देखाएकोमा धन्यवाद दिँदै संरक्षणको लागि काम अघि बढाउने प्रतिबद्धता जनाए।
 

सुझावित समाचार