प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो सम्मान उत्तिकै रहेको बताएकी छिन् । लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिमा प्राप्त टिप्पणीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले शान्ति, सदभाव र सहिष्णुता कायम राख्न सबैलाई अनुरोध गरेकी छिन् । सामाजिक सञ्जाल एक्समार्फत कार्कीले यस्तो बताएकी हुन् ।
‘लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन्। कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सदभाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।’