बैरागी काइँलालाई पहिचान सम्मान र पहिचान युवा सम्मान गणेशकुमार राईलाई

शनिबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

पहिचान पुरस्कार कोषले यस वर्षको पहिचान सम्मान साहित्यकार, मुन्धुमविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलालाई प्रदान गर्ने भएको छ। 

काइँलालाई नगद पाँच लाख दुई हजार दुई रुपैयाँ र ताम्रपत्र दिइने निर्णय भएको कोषले जनाएको छ । पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङले पहिलो पहिचान युवा सम्मान गणेश कुमार राई (गीलु रातोस) लाई दिइने निर्णय भएको बताएका छन् । 

उनलाई ५० हजार दुई सय दुई रुपैयाँ र ताम्रपत्र प्रदान गरिनेछ। दुवै सम्मान पहिचानको आन्दोलन र लेखनमा पुर्याएको योगदानका आधारमा घोषित गरिएको हो।

सुझावित समाचार