चितवनविरुद्ध काठमाडौं ५३ रनले विजयी

शुक्रबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौंले चितवनलाई ५३ रनले पराजित गरेको छ। काठमाडौं गोर्खाजले दिएको १४२ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.२ ओभरमा अलआउट हुँदा ८९ रन मात्र जोड्न सक्यो।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.४ ओभरमा १४२ रनमा अलआउट भएकाे थियाे। जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे ।

चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई, रञ्जित कुमारले दुई र रवि बाेपाराले एक विकेट लिए ।

चितवनका लागि देव खनाल र रवि बोपाराले समान २१ तथा सोहेल तनवीरले १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

चितवनलाई सस्तैमा समेट्ने क्रममा रासिद खानले तीन तथा करण केसी, मिलिन्द कुमार र साहाब अलामले समान दुई र सन्तोष यादवले एक विकेट हात पारे।
 

सुझावित समाचार