पहिलो खेलमै रञ्जितले लिए पाँच विकेट

बुधबार, १० मंसिर, २०८२
डिजिटल संस्करण
पहिलो खेलमै रञ्जितले लिए पाँच विकेट

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजका स्पिनर रञ्जित कुमारले आफ्नो पहिलो खेलमै पाँच विकेट लिएका छन्। 

रञ्जितले उत्कृष्ट फर्ममा रहेको विराटनगर किंग्सविरुद्ध पाँच विकेटको प्रदर्शन गरेका हुन्। उनले चार ओभरमा २१ रन खर्चेर पाँच विकेट हात पारे।

टी–२० फर्म्याटमा पहिलोपटक पाँच विकेट प्रदर्शन गरेका रञ्जितले आफ्नो बलिङ स्पेलमा ४.३ ओभरमा हेजाल्ट, ४.५ ओभरमा बसिर अहमाद, ६.६ ओभरमा नरेन भट्ट, १०.२ ओभरमा नारायण जोशी तथा १०.३ ओभरमा सूर्य तामाङको विकेट लिएका हुन्।

उनले दुईपटक एकै ओभरमा समान दुई विकेट लिन सफल भए। दसाैँ ओभरमा भने उनी ह्याट्रिक गर्न चुके।

सुझावित समाचार