नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा लुम्बिनी लायन्सले काठमाडाैंविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर काठमाडाैंलाई ब्याटिङको निम्तो दिएका हुन् ।
प्रतियोगितामा तेस्रो खेल खेल्दै गरेको लुम्बिनी दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
चौथो खेल खेल्दै गरेको काठमाडाैं पनि दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।