माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्जबिच रेमिट्यान्स सम्झौता

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

माछापुच्छ्रे बैंक लिमिटेड र संयुक्त अरब इमिरेट्स (युएई) स्थित जोयालुक्कास एक्सचेन्जबिच सम्झौता भएको  छ । सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जका तर्फबाट महाप्रबन्धक मरिशकुमार कर्ण र बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरे । 

यससँगै युएईस्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट ‘एमबिएल रेमिट’ गरी सजिलै नेपाल पैसा पठाउन सक्नेछन् । सो रकम माछापुच्छे« बैंकका देशभरका एक सय ६५ शाखा, शाखारहित बंैकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने जनाइएको छ । जोयालुक्कास एक्सचेन्जबाट ‘एमबिएल रेमिट’ गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

सुझावित समाचार