पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्को एक करोड सहयोग

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

निर्माण व्यवसाय विकास परिषद्ले जेन–जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरेको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ ।

परिषद्मातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो । परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई चेक हस्तान्तरण गरे ।

कोषमा हालसम्म सात करोड ५४ लाख रुपैयाँ जम्मा भएको छ । आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्री अध्यक्ष रहने गरी भौतिक पुनर्निर्माण समिति गठन गरिएको छ ।

बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको मर्मत–सम्भार गरी सेवा चालू गराउन खर्च गर्ने निर्णय गरेको थियो ।

सुझावित समाचार