अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ४ कलैया, बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरीप्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले उनीहरूसहित सान्दर्भिक मिडिया नेटवर्क प्रालिउपर पनि गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

