अनलाइन ठगीको आरोपमा तीनजना पक्राउ

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-२९, मुसैली बस्ने ३५ वर्षीय कृष्णाप्रसाद साह, १४ वर्षीय बालक र बारा विश्रामपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका छन्।

उनीहरूले वीरगन्ज महानगरपालिका-८ बाट सर्वसाधारणहरूलाई विभिन्न प्रलोभन तथा सामाजिक सञ्जालमार्फत एआईबाट विभिन्न कम्पनीको आवश्यक पर्ने कागजातहरू बनाई सामानहरूको अडर बिल बनाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

उक्त कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले एटिएम कार्ड ४३ थानसहित बुधबार पक्राउ गरेको हो । साथै, उनीहरूले विभिन्न व्यक्तिहरूको बैंक खाता र डिजिटल वालेटहरू प्रयोग गरी करिब १० करोडभन्दा बढी अवैध कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनीहरूउपर बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार