गोदरेजले ल्यायो इओन रेगालिस वासिङ मेसिन

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

गोदरेज एप्लायन्सको अधिकृत वितरक सिजी इलेक्ट्रोनिक्सले प्रिमियम इओन रेगालिस फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । एआई–पावर्ड टर्बिडिटी सेन्सरले सुसज्जित यो नयाँ मोडेल उत्कृष्ट धुलाइ गुणस्तर, राम्रो कपडा हेरचाहका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । इओन रेगालिसले जाडोका लुगा धुलाइलाई सहज बनाउनुका साथै गह्रुँगा तथा मैला, चिसा लुगालाई छिटो सुक्ने गरी निर्माण गरिएको कम्पनीको भनाइ छ ।

यस वासिङ मेसिनमा उन्नत अटो टर्बिडिटी सेन्सर र एआई टेकले पानीमा लुगाको मैलो स्तर स्वचालित रूपमा पत्ता लगाउनेछ । र, त्यसैअनुसार धुलाइ प्रक्रिया समायोजन गर्नेछ । त्यस्तै, यसमा जडित हिटर, एनटिसी र टर्बिडिटी प्रणालीले ९५ डिग्रीको धुलाइ तापक्रम प्रदान गर्नेछ, जसले कडा दाग र कीटाणु हटाउन 
सहयोग गर्नेछ ।

इओन रेगालिसले मिक्स फ्याब्रिक, कटन, वाइट्स, जेन्टल वास, बेबी केयर, स्पोर्टस् सु, वुलन्स, बल्की, र क्विक १५ कपडा सहजै धुनेछ । फ्याब्रिसेफ ड्रम डिजाइन र सुपर ड्राइङ फिचरले गर्दा जाडोमा लगाइने स्वेटर, दौराजस्ता गह्रौँ लुगा पनि सफा र सुक्खा हुने कम्पनीले जनाएको छ । साथै, ग्राहकले यसको मोटरमा १० वर्ष र सम्पूर्ण उत्पादनमा दुई वर्षको वारेन्टी पाउनेछन् । इओन रेगालिसमा क्विक १५–मिनेट वास, डिले स्टार्ट, चाइल्ड लक, अटो रिस्टार्ट, एड क्लोथ्स र मेमोरी इन्टरअप्सनजस्ता विशेषता रहेका छन् ।

See More On

सुझावित समाचार