महालक्ष्मी विकास बैंक र दराजबिच ११ः११ को सहकार्य

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

महालक्ष्मी विकास बैंक र दराज नेपालबिच ११ः११ अभियानका लागि सहकार्य भएको छ ।  ११ः११ को विश्वव्यापी रूपमा नै मनाइने यस अभियानमार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ सुविधाहरूलाई अझ विस्तार गर्दै जाने नीतिअनुरूप दराजसँग सहकार्य भएको हो । यस सहकार्य कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्मका लागि लागू हुनेछ । सेवा लिन महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरूले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. १५०० सम्म छुट तथा त्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. २००० सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरूले दराजबाट भौचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहक पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ । यस प्रकारका समझदारीबाट ग्राहकहरूसँग डिजिटल रूपमा जोडिन, ग्राहकहरूको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्डवाहकहरूले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यसअन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्यबराबरको रकमको भुक्तानी ६ महिनादेखि १२ महिनासम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्नसमेत सक्नेछन् ।

सुझावित समाचार