शिवम् सिमेन्टले तिर्‍यो विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

मकवानपुरको हैटौँडामा सञ्चालित शिवम् सिमेन्टले लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट उपभोग गरेको विद्युतको बक्यौता रकम तिर्न सुरु गरेको छ।

कम्पनीले पहिलो किस्ताबापत सोमबार दुई करोड ३८ लाख बुझाएको हो। पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको विद्युत् लाइन सोमबार जडान गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

शिवमले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुल तिरेको थिएन। शिवमको करिब ६६ करोड ८९ लाख बक्यौता रहेकोमा पहिलो किस्ता बुझाएको हो।

सुझावित समाचार