आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारीअनुसार बिहीबार मात्रै ११ हजार १९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
जसमा ६ हजार ४६१ पुरुष छन् भने चार हजार ७४३ जना महिला छन् । अन्य दुईजनाले पनि नामावलीमा नाम दर्ता गराएका छन् । योसँगै नयाँ नाम दर्ता गर्ने पुरुषको जम्मा संख्या ८१ हजार ८६४ पुगेको छ भने महिलाकाेसंख्या ५४ हजार १७८ पुगेको छ । अन्य १८ जना छन् ।