जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

सोमबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि चौथो विदेशी खेलाडीको रूपमा अस्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ।

बिग बास लिग (बिबिएल)मा उत्कृष्ट प्रदर्शन गरिसकेका ब्राउनले टी–२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका छन्। उनले टी–२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन्। टी–२० क्रिकेटमा यो स्कोर कमै खेलाडीले बनाएका छन्।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले ब्राउनले बिबिएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए।

सुझावित समाचार