विश्वकप क्रिकेट लिग २ मा अमेरिकासँग युएईको लज्जास्पद हार

सोमबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक श्रृंखलामा आयोजक देश युएईले लज्जास्पद हार बेहोरेको छ। सोमबारको खेलमा अमेरिकासँग युएई २४३ रनले पराजित भएको हो। 

पहिले ब्याटिङ गरेको अमेरिकाले २९३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा युएई २२.१ ओभरमा ४९ रनमै अलआउट भएको हो। ब्याटिङतर्फ जुनिद सिद्दीकीबाहेक कसैले दोहोरो अंक जोड्न सकेनन्। 

खेलमा बलिङतर्फ युएईले उत्कृष्ट सुरुवात गरेको थियो। ६.६ ओभरमै अमेरिकाको तीन विकेट लिएको थियो। त्यसपछि साइतेजा मुक्कामल्ल र मिलिन्ड कुमारले २६४ रनको अविजित साझेदारी गरी टिमलाई २९२ मा पुर्‍याएका थिए। मुक्कामल्ल १३७ तथा मिलिन्ड १२३ रनमा अविजित रहे। एकदिवसीयमा अमेरिकाको यो अहिलेसम्मकै ठुलो अन्तरको जित हो। 

सिरिजको अन्तिम खेल बुधबार नेपाल र युएईबिच हुँदै छ। सिरिजमा अमेरिकाले ४ जित निकालेको छ भने नेपालले तीन खेलमा तीन हार बेहोरेको छ। युएईले एक जित निकालेको छ । 

लिगको अंकतालिकामा युएई अन्तिम तथा नेपाल सातौँ स्थानमा छ। यही सिरिजबाट अमेरिका शीर्ष स्थानमा उक्लिएको छ। 

अंकतालिका

सुझावित समाचार