माइतीघरबाट दुई प्रदर्शनकारी पक्राउ

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण
माइतीघरबाट दुई प्रदर्शनकारी पक्राउ

तस्बिर : संजित परियार/नयाँ पत्रिका

‘पहिला देश’ अभियानमा आबद्ध दुई प्रदर्शनकारीलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ।

डा. निकोलस भुसालको नेतृत्वमै रहेको समूहले विभिन्न माग राखी आज लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिलगायतसँगै प्रदर्शन गर्ने घोषणा गरेको थियो।

माइतीघरमा भेला भएर सरकारविरोधी नारा लगाइरहेका उनीहरू पक्राउ परेका हुन्। प्रदर्शनमा निकोलस भने आइसकेका छैनन्।

सुझावित समाचार