नेसनल लाइफको सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

आइतबार, १७ कार्तिक, २०८२
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको होटेल वाटरफ्रन्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष ०८१/८२ मा तोकिएको बिमा शुल्क संकलन गरी गण्डकी प्रदेशबााट योग्य भएका २२० जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं गण्डकी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्वीप प्रज्ज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले गण्डकी प्रदेशबाट नेसनल रत्न तथा नेसनल स्टार विजेता अभिकर्ताहरूलाई नेसनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब र नेसनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुरूप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको र अन्य प्रदेशहरूमा पनि निरन्तर कार्यक्रम गर्दै जानेबारेमा जानकारी गराए । साथै, उनले कम्पनीले अभिकर्तामैत्री स्किमहरू ल्याउने क्रममा सिइओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट एक हजार ६ सयजनाभन्दा बढी अभिकर्ताहरू छनाेट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए।

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले तालिम प्रदान गरेका थिए । तालिमको क्रममा उनले जीवन बिमा व्यवसायमा सफलता पाउनका लागि धेरैभन्दा धेरै व्यक्तिहरूसँग सम्पर्क बढाई बिमा पोलिसीको कुरा राख्न सक्ने आवश्यक ज्ञान र साहस चाहिने बताए।

समारोहमा चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेसालाई निरन्तरता दिई व्यावसायिक बनाउँदै लाने ऊर्जा मिलेको सहभागी अभिकर्ताहरूले जानकारी गराए। यसैगरी, कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मिहिनेतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए।

सुझावित समाचार