अमेरिकाविरुद्ध दीपेन्द्रले पूरा गरे अर्धशतक

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।

युएईस्थित दुबईको आइसिसी एकेडेमीमा जारी खेलमा ऐरीले ४३ बलमा ५१ रन बनाएका हुन्। जारी खेलमा नेपालले ४९ ओभरमा पाँच विकेटको क्षतिमा २६७ रन बनाएर खेलिरहेको छ।

जारी त्रिदेशीय शृंखला नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार युएईसँग ५ विकेटले पराजित भएको थियो।

सुझावित समाचार