एरिका ५० हजारसहित सम्मानित

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन्। शनिबार क्यानडामा बसोबास गर्दै आएका मनमैँजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले एरिकालाई सम्मान गरेका हुन्। मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज ए विश्व च्याम्पियनसिप स्वर्ण पदक जितेकोमा हौसला स्वरूप निरजले एरिकालाई नगद ५० हजार हस्तान्तरण गरे। 

मनमैँजुस्थित कार्यक्रममा मनमैँजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहक तथा राष्ट्रिय खेलाडी सन्तोष श्रेष्ठको पनि उपस्थिति थियो। 

एरिकाले चीनमा आयोजना भएको १९औँ एसियन गेम्समा देशलाई ऐतिहासिक रजत पदक जिताएकी थिइन्। नेपाली कराँते इतिहासमा कुनै पनि खेलाडीले डब्लुकेएफ सिरिज वान जितेको पहिलोपटक हो। 

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने कराँते विश्व च्याम्पियनसिपमा समेत खेल्दै छिन्। उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदै छिन्।

सुझावित समाचार