राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा.तोसिमा कार्कीले हालै भएको ‘जेन-जी क्रान्ति’ लाई नेपालले तेस्रो जनआन्दोलनको रूपमा वैधानिकता दिनुपर्ने स्पष्ट धारणा व्यक्त गरेकी छिन् । उनले भदौ २३ गतेको शान्तिपूर्ण विद्रोहले सञ्चार गरेको सुसंस्कृत राजनीति र सुशासनको आवश्यकतालाई संस्थागत गर्नुपर्नेमा जोड दिएकी हुन्।
तर, भदौ २४ गते सडकमा देखिएको वितृष्णा र अप्रत्याशित तोडफोड, आगजनी तथा विध्वंसका घटनाको दोष कुनै पनि बहानामा जेन-जी पुस्तामाथि लगाउन नहुने उनको तर्क छ।
डा. कार्कीले भदौ २३ गते सरकारले देखाएको ‘आपराधिक चरित्र अक्षम्य’ रहेको भन्दै त्यसलाई तत्काल अनुसन्धान, कानुन र कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन्। साथै,आन्दोलनका क्रममा घाइते भएका र सहिद परिवारको ससम्मान अभिभावकत्व तथा जिम्मेवारी राज्यले लिनुपर्ने उनले बताएकी छिन्।