बिपी राजमार्ग दुई दिनदेखि अवरुद्ध

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

बिहीबारदेखि लगातार परेको वर्षातको कारण दुई दिनदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ। बिहिबार परेको बर्षातले सडक माथीबाट खसेको लेदो, ढुंगा र पहिरोले सडक अवरुद्ध भएको सडक दुई दिनसम्म पनि खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक रबिन बिष्टका अनुसार बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा, डालाबेँसी, नार्के र घुमाउनेलगायतको स्थानहरूमा ढुुंगा खस्ने लेदोसहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको जानकारी दिए । 

अझै वर्षा नरोकिएका कारण लेदोसहितको ढुंगा खसिरहेकोले सडक सुचारू गर्न समस्या भएको बिष्टले बताए।अबरोध हटाउन हेभी इक्युपमेन्ट प्रयोग भइरहेको उनले जानकारी दिए।अवरोध हटाई सडक सुचारु गर्न समय लाग्ने भएकोले सुरक्षित यात्राको लागि जानकारी लिएर मात्रै यात्रा गर्न यात्रुहरूलाई अनुरोध गरिएको छ ।
 

सुझावित समाचार